इन्डो इन्टरनेशनल फेसन कार्निभल एण्ड अवार्डमा सृष्टि र जोया

इन्डो इन्टरनेशनल फेसन कार्निभल एण्ड अवार्डमा सृष्टि र जोया

केन्द्रबिन्दु
0
Shares

दुबईमा आयोजना हुने ‘इन्डो इन्टरनेशनल फेसन कार्निभल एण्ड अवार्ड २०२३’ मा नेपालको तर्फबाट प्रतियोगीका रुपमा ‘मिस स्टार युनिभर्स नेपाल २०२३’ सृष्टि महर्जन र ‘मिसेस स्टार युनिभर्स नेपाल २०२३’ जोया बुढाथोकी सहभागी हुने भएका छन्।

अवार्डमा निर्णायक, प्रतियोगी र नोमिनिज गरेर तीन विधाका लागि फेसन मेकअप आर्टिस रश्मि श्रेष्ठ र व्यवसायी परिन्दा श्रेष्ठ ‘परी’,ग्रीन आर्ट मिडियाकी प्रबन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर अनिला श्रेष्ठ निर्णायकको रुपमा सहभागी हुने भएकी छिन्।

असार २० (५ जुलाई)मा आयोजना हुने उक्त अवार्डमा नेपाली टोली ग्रिनआर्ट मिडियाको तर्फबाट सहभागी हुन लागेका हुन्। अवार्डमा दुई दर्जनबढी देशका प्रतिनिधिको सहभागीता रहनेछ।

ग्रिनआर्ट मिडियाका सिइयो प्रविन लाकौलले ‘इन्डो इन्टरनेशनल फेसन कार्निभल एण्ड अवार्ड’को बिभिन्न बिधामा नेपालको प्रतिनिधित्व हुन नेपालको लागि गौरवको विषय भएको बताए।

Skip This
Skip This
Logo