रोमानिया गीत गाउनका लागि पुगेका गायक प्रकाश सपुतमाथि दुर्व्यवहार भएको छ। स्टेजमा गीत गाइरहेको समयमा एक दर्शकले उनीमाथि बियरको बोतल प्रहार गरेका हुन्।
दुर्व्यहार लगत्तै सुरक्षामा खटिएको प्रहरीले ती व्यक्तिलाई नियन्त्रणमा लिएका थिए। बोतल प्रहार गर्ने ती नेपालीलाई कारवाही नगर्न सपुतले प्रहरीलाई अनुरोध गरेका छन्। आफूले माफी दिइसकेकाले थप कारवाही नगर्न रोमानियाका प्रहरी अधिकारीलाई उनले अनुरोध गरेका छन्।
उनले आफ्नो चर्चित गीत ‘बोल माया’ गाउँदै गर्दा उनीमाथि बोतल प्रहार भएको थियो। सपुतले आफ्नो नाकमा सामान्य चोट लागेको बताएको जानकारी दिएका छन्।































प्रतिक्रिया