एकल महिलाको कथामा बनेको फिल्म ‘बगान’को ट्रेलर सार्वजनिक

एकल महिलाको कथामा बनेको फिल्म ‘बगान’को ट्रेलर सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

यही असार २९ गतेबाट प्रदर्शन हुने फिल्म ‘बगान’को ट्रेलर सार्वजनिक गरिएको छ । अभिनेता सरोज खनालको निर्देशनमा बनेको फिल्म आज (बुधबार) नेपाल वेबसाइट नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

फिल्ममा एकल महिलाको कथा समेटिएको छ । 

सार्वजनिक ट्रेलरमा अभिनेत्री करिश्मा मानन्धरलाई एकल महिलाको रूपमा चित्रण गरिएको छ । एकल महिलालाई समाजले हेर्ने दृष्टिकोण र एकल महिलाको विवाहको प्रसंगलाई फिल्ममा देखाइनेछ । 

फिल्ममा सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नवअभिनेत्री प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुषाल, मिथिला शर्मालगायत कलाकारको अभिनय छ।

स्वप्न नीरवको कथामा आधारित रहि बनेको यो फिल्मबाट अभिनेता खनाल निर्देशनमा डेब्यु गरेका हुन् । नेपाली वेबसाइट डटकमको प्रस्तुति रहेको फिल्मका निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर छन् । 
 

Logo