नम्रता श्रेष्ठप्रति लक्षित गर्दै शान्ति तामाङ्गले भनिन्- ‘एउटा परिवारमा आगो नै लगाइदियो’

नम्रता श्रेष्ठप्रति लक्षित गर्दै शान्ति तामाङ्गले भनिन्- ‘एउटा परिवारमा आगो नै लगाइदियो’

केन्द्रबिन्दु
0
Shares

‘ह्यास ट्याग माया’की असिस्टेन्ट डाइरेक्टर शान्ति तामाङ्गले सारुक ताम्राकारलाई न्याय दिनुपर्ने बताएकी छिन्। उनले सामाजिक सञ्जालमा लेख्दै न्यायकाे माग गरेकी हुन्।

अभिनेत्री नम्रता श्रेष्ठप्रति लक्षित गर्दै विभिन्न आरोपसहित फिल्म युनिट भित्रका गम्भीर कुराहरु समेत उनले फेसबुकमा सार्वजनिक गरेकी छिन्। साथै उनले नेपालको कानून दैबले जानून भन्दै  आक्राेश समेत पाेखेकी छिन्। 

उनले सामाजिक सञ्जालमा लेखेकी छन्,‘सबै कुरा आफ्नाे आँखाले जे देखे त्यहि लेख्दैछु,किनकी मेरो नैतिकताले चुप लागेर बस्नु दिएन र म लेख्दैछु, मेरो मानव धर्मले पनि मानेन मुख बन्द गरेर बस्नुयदि यो सबै लेखेर मलाई केहि गलत हुन गएमा र केहि कानुनि दायराले तानिएमा सम्बन्धित निकाय कुन हदसम्म बिक्दो रहेछ छर्लंग देखिन्छ।’
‘एउटा सिनेमा बन्नुमा सबै भन्दा ठुलो योगदान निर्माताको हुन्छ जो निर्माता पैसा एक शब्द नबोली खन्याई रहे, विश्वास गरे कि यो सिनेमा बन्ला र बनाउँछु भनेर तर सबैले उहाँलाई जुका बनेर चुसी रहे, यो चाहिन्छ ,त्यहि दिए ,त्यो चाहियो, त्यहि गरे तर film बन्ने function नै विचित्र देखाएर चुसी रहे, यो कलाकारलाई यही राखेर काम गराउनुपर्छ भने त्यहि गरे, पालेर राखे,ख्वाएर राखे, फलानो चाहिन्छ खोजेर त्यहि ल्याइयो, ढिस्कानो मन परेन काम बाट निकालियो, आफ्नु personal tissues देखि massage गरेको बिल सम्म निर्माताको हातमा थमायो बिचरा निर्माता तिरी नै रह्यो, पुजा गर्नुपर्छ काम राम्रो हुन्छ भनियो त्यो पनि गर्यो तर मध्य रातमा गर्ने पूजा कस्तो थियो कुन्नी भगवान् जानोस् ? हरेक team को मान्छेलाई केहि जानेको छैन काम नै गर्न आउँदैन भनेर तल झार्दै आफू नै जान्ने र सुन्ने बाहेक अरु सबैलाई केहि नजानेको लाटो हो जस्तो महसूस गरायो,त्यो पनि सहन बाध्य बनाइयो, त्यो पनि सहियो, काम प्रतिको लगावले गर्दा आफ्नाे सहकर्मीलाई गिराएर सबैको अगाडी गाली गरेर  बेइज्जती गर्यो त्यो पनि यो आँखाले देख्यो बिचरा चुपो लागेर सहेर बसेको पनि देखे।’

 

Skip This
Skip This
Logo