नेपालका विभिन्न सहरमा ‘गोल्डेन ओक कमेडी यात्रा’ हुने भएको छ।नेपालकै प्रसिद्ध तथा लोकप्रिय ब्राण्ड गोल्डेन ओक ब्लेन्डेड माल्टले नेपालीहरूलाई हाँसोको नयाँ प्रस्तुती दिने गरी तयारी गरिरहेको छ।
यसका लागि गोल्डेन ओकले देशभित्रका विभिन्न सहरहरूमा कमेडी यात्रा गर्न लागेको हो। दर्शकहरूलाई हसाउँने अनि नचाउँने उद्देश्यका साथ गोल्डेन ओकले कमेडी यात्रा गर्न लागेको हो।
हाँस्य कलाकारहरू कलाकारहरू जितु नेपाल, सुरेन्द्र केसी, मिलन नेवार, निरज नेपाल, सुमन कार्की र शिवशंकर रिजालले कमेडी यात्राको लागि आफ्नो प्रस्तुती दिने भएका छन ।
गोल्डेन ओक कमेडी यात्रा १६ भदौदेखि हुने भएको छ। यस्तो यात्रा भदौ १६ गते हेटौंडामा, १७ गते जनकपुरमा, १८ गते लालबन्दीमा, १९ गते लहानमा र २० गते चन्द्रपुरमा हुने भएको छ।































प्रतिक्रिया