अभिनेता गौरव पहारीले इन्गेजमेन्ट गरेका छन्। पहारीले बुधबार श्रेणी खतिवडासंग इन्गेजमेन्ट गरेका हुन्।
होटेल र्याडिसनमा आयोजित समारोहमा उनीहरूको इन्गेजमेन्ट भएको हाे। परिवार र निकट साथीहरूको उपस्थितिमा यी दुईले इन्गेजमेन्ट गरेका हुन्। गौरव र श्रेणीले आगामी मंसिरमा विवाह गर्ने तयारी गरिरहेका छन्।
‘मञ्जरी’बाट अभिनय सुरु गरेका गौरवले ‘होस्टेल’, ‘छक्का पञ्जा–२’, ‘गाजलु’, ‘उत्सव’, ‘मिस्टर भर्जिन’, ‘साइँली’लगायत चलचित्रमा अभिनय गरेका छन् । श्रेणी पेशाले फिटनेस प्रशिक्षक हुन् ।





























प्रतिक्रिया