अभिनेता अनमोल केसी रिहा

अभिनेता अनमोल केसी रिहा

केन्द्रबिन्दु
0
Shares

अभिनेता अनमोल केसी हिरासतमुक्त भएका छन्। काठमाडौँ जिल्ला अदालतले उनीमाथि तीन अनुसन्धान गर्न दिएको समय आज समाप्त भएसँगै हाजिरी जमानीमा उनी रिहा भएका हुन्।

प्रहरीले उनलाई हाजिरी जमानीमा छोडेको हो। अदालतले केसीको तीन दिन म्याद थपेकोमा शुक्रबारबाट गणना भएकाले आजै म्याद गुज्रिएपछि उनी छाडिएका हुन्। उनले आफ्नै गाडी मगाएर हिरासतबाट घर गएका थिए।

आरोपीले प्रमाण नष्ट गर्ने सम्भावना नदेखिएको अवस्थामा प्रहरी अधिकारीले हाजिरी जमानीमा छाड्न सक्ने प्रावधान छ।

Skip This
Skip This
Logo