उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कलाकारहरु राष्ट्रको गौरव भएको बताएका छन् ।
आज काठमाडौँको नयाँ बानेश्वरमा 'रातो टीकी' बोलको गीत सार्वजनिक कार्यक्रममा उपप्रधानमन्त्री खड्काले कलाकारितामार्फत कलाकारले देशकाे प्रतिष्ठा बढाउने काम गरेकाले कलाकार देशका लागि गौरव भएको बताएका हुन् ।
कलाकारको गीत संगीत र कालकारितामार्फत सामाजिक चेतना फैलाउन ठूलो योगदान रहेको भन्दै उनले कलाकारको कलाकारिताले देशमा सामाजिक न्यायको क्षेत्रमा समेत ठूलो परिवर्तनमा योगदान भइरहेको समेत बताए ।
कतिपय खराब परम्परा बदल्न गीत संगीत र कलाकारिताको नेपाली समाजमा ठूलो योगदान रहेको उपप्रधानमन्त्री खड्काको भनाइ छ । उनले महिलाको हक अधिकारको पक्षमा बोल्ने र सामाजिक कुरिती तोड्नसमेत कलाकारिताको ठूलो योगदान भएको बताए ।
समाजमा परिवर्तन गर्नका लागि गीत संगीत र कलाकारको ठूलो योगदान हुने भन्दै उपप्रधानमन्त्री खड्काले सबैखाले कुरिती हटाउन र समाज रुपान्तरण र परिवर्तनका लागि गीत संगीत र कलाकारिताले ठूलो अस्त्रको रुपमा काम गर्ने विश्वास व्यक्त गरे ।





























प्रतिक्रिया