दसैंको अवसरमा काठमाडौंमा सबैभन्दा ठूलो एक दिने माईपे मेला हुने

दसैंको अवसरमा काठमाडौंमा सबैभन्दा ठूलो एक दिने माईपे मेला हुने

केन्द्रबिन्दु
0
Shares

माईपे इभेन्टस्को आयोजनामा दशैँको अवसरमा एक दिने माईपे मेला कार्यक्रम गर्ने भएको छ । 

असोज २६ गते शुक्रबार दरबारमार्गस्थित होटल अन्नपूर्णमा माईपे इभेन्टस्को आयोजनामा उक्त मेला हुन लागेको हो । मेलामा नेपालका चर्चित गायक सुगम पेखरेल, द इलिमेन्टस्, कबवेब, सनुप पौडेल, अनिल रिजाल लगायतका गायकहरुको प्रस्तुती रहने छ । 

केहि दिनअघि मात्रै माईपे इभेन्टस्ले बलिउडका चर्चित गायक कैलाश खेरलाई नेपाल ल्याएर पहिलो संगितिक कार्यक्रम गरेको थियो । त्यसलगत्तै उसले दोस्रो संगितिक कार्यक्रम स्वरुप माईपे मेला गर्न लागेको हो । मेलामा खानाको च्यालेन्ज, चङ्गा डिजाइन, म्याजिक सो लगायत साङ्गीतिक कार्यक्रमहरु रहनेछन् । 

आगामी शुक्रवार हुने उनको प्रस्तुती हेर्न माईपे डिजिटल वालेट तथा माईपे इभेन्टस्को बेवसाइटबाट समेत टिकट लिन सकिने आयोजकले जनाएको छ । पहिलो १०० टिकट लिनेलाई विशेष छुटका साथ माईपेले टिकट सार्वजनिक गरिसकेको छ ।

Skip This
Skip This
Logo