नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय गायक राजेशपायल राई 'राई इज किङ'ले अमेरिकाको कोलोराडोमा धमाका मच्चाएका छन्।
सांगीतिक प्रस्तुतिको लागि अमेरिका टुरमा रहेका उनले बडा दसैँ तथा दीपावलीको शुभकामना आदानप्रदानको अवसरमा रकी माउन्टेन फ्रेन्ड्स अफ नेपालद्वारा आयोजित सांस्कृतिक कार्यक्रममा धमाकेदार प्रस्तुति दिएका हुन् ।
कार्यक्रममा गायक राईले ‘मैले मायाले दिएको चिनो’ बोलको सदाबहार गीतबाट स्टेजको ढोका खोलेका थिए । त्यसपछि उनले क्रमशः ‘दर्शन नमस्ते, नाइ नभन्नु ल, मलाई पनि अङ्ग्रेजीमा बोल्न सिकाइ देउन, मरुभूमि जस्तै छ यो जिन्दगी, यानी माया, दिक्तेल बजार’लगायतका गीत गाउँदै दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए।

गायक राईको सांगीतिक प्रस्तुतिमा नेपाली तथा विदेशी दर्शकले नाचेर साथ दिएका थिए ।
अमेरिका टुरमा गायक राईले बाल्टिमोर, कोलम्बसलगायत विभिन्न आधा दर्जन राज्य एवं सहरहरुमा आयाेजना हुने सांगीतिक कार्यक्रममा प्रस्तुति दिनेछन्।





























प्रतिक्रिया