रचना रिमालको ‘थोपा’मा आर के र अनुजाको रोमान्स [भिडियाे]

रचना रिमालको ‘थोपा’मा आर के र अनुजाको रोमान्स [भिडियाे]

केन्द्रबिन्दु
0
Shares

चर्चित गायिका रचना रिमालको स्वर रहेको थोपा बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

नविन श्रेष्ठको शब्द सिर्जना रहेको सार्वजनिक गीतमा बरिष्ठ संगीतकार नागेन्द्र श्रेष्ठको संगीत रहेको छ । जसमा राहुल प्रधानको एरेन्ज रहेको छ । भिडियोले प्रेमीले धोका दिए पछि एक्लीएकी प्रेमीकाको विरहको कथालाई निर्देशक गौरव गिरीले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् ।

सुदूरपश्चिमको रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा आर के परियार, अनुजा सिंह र मिसेल घिमिरेको बेजोड अभिनय देख्न सकिन्छ । भिडियोमा सन्तोस तामागंको सिनेमाटोग्राफी, भद्रजंग कुँवरको सम्पादन तथा कलरि श्याम कुँवरको रहेको छ । 

भिडियो वरिष्ठ संगीतकार नागेन्द्र श्रेष्ठको यट्युब च्यानल मार्फत बजारमा आएको हो । केही समय अघि मात्रै संगीतकार नागेन्द्रले अञ्जु पन्तको स्वरमा हिन्दी गीत जिन्दगीकी राहो मेको भिडियो सार्वजनिक भएको थियो ।

 

Logo