लामो समयदेखि लोकदोहोरी क्षेत्रमा क्रियाशिल गायक चोलेन्द्र पौडेल र गायीका सरस्वती लामिछानेले “हुन्छ भने हुन्छ भन” गीत सार्वजनिक गरेका छन्। दुई दर्जन भन्दा बढी लोकदोहोरी गीत गाइसकेका पौडेलले दोहोरी गीतसंगीतमा निरन्तरता दिँदै आएका छन्।
राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको उपमहासचिव भएर काम गरिसकेका पौडेलले देश विदेशका सांगीतिक कार्यक्रममा समेत आफ्नो प्रस्तुति दिँदै आएका छन्। पोखरामा रहेर पनि पौडेलको क्रियाशिलता लोकदोहोरीमा लोभलाग्दो छ।
यस्तैमा गायक पौडेल र सरस्वती लामिछानेको “हुन्छ भने हुन्छ भन” गीत सार्वजनिक भएको छ। सरस्वती लामिछानेको अफिसियल युटुब मार्फत गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो। गीतको म्युजिक भिडियोमा अर्जुन सापकोटा र गीता ढुंगानाको अभिनय रहेको छ।
पौडेलकै शब्द संगीत रहेको उक्त गीतको म्युजिक भिडियोलाई कजीस श्रेष्ठले निर्देशन गरेका हुन्। कोरियोग्राफी समेत उनकै हो। सुनिल परियारको संगीत संयोजन रहेको गीतबाट गायक गायिका आशावादी छन्।
पौडेलेको यसअघिका पानी मुनी मुनी, चढ्यो चढ्यो जवानी, जाम झोला बोकेर, अब त मै सानी रहिन लगायतका गीतले उनलाई सांगीतिक क्षेत्रमा चिनाएको छ। सरस्वती लामिछाने पनि पोखराबाट संगीत संघर्ष गरिरहेकी छिन्। ‘भिर्ने झोलामा’ उनको रुचाइएको गीत हो।
लोकदोहोरीमा यसअघि रुचाइएको पौडेल र लामिछानेको युगल सांगीतिक जोडीलाई “हुन्छ भने हुन्छ भन” बाट समेत सफलता मिल्ने अपेक्षा उनीहरुको छ।































प्रतिक्रिया