प्रज्ञा जोशी १७ वर्षपछि पुनः टेलिसिरियल ‘सिन्दुर’ निर्माण गर्दै

प्रज्ञा जोशी १७ वर्षपछि पुनः टेलिसिरियल ‘सिन्दुर’ निर्माण गर्दै


कलाकार तथा निर्माता प्रज्ञा जोशीले १८ बर्षपछि पुनः टेलिसिरियल सिन्दुर निर्माण गर्ने भएकी छन् । शुक्रबार भद्रकाली मन्दिरमा शुभमुहूर्त गर्दै औपचारिक रुपमा सिन्दुरको निर्माण घोषणा गरेकी हुन् ।

करिब १७ बर्ष अगाडि निर्माण भएको सुपरहित टेलिसिरियललाई अहिलेको पुस्तालाई मध्ये नजर गर्दै निर्माण गर्न लागेको निर्मात्री जोशीले बताइन् । पुराना कलाकारहरु नेपाल बाहीर भएकाले पनि अहिले आफूले नयाँ कलाकारलाई लिएर काम गरेको उनको भनाई छ । 

अहिले पनि यो सिरियल उत्तिकै सान्दर्भिक रहेकाले उत्कृष्ट बनाउने कोशिस गर्ने दाबी निर्माता जोशीको छ ।

यो टेलिसिरियलको शुभ मुहूर्तमा कलाकार रविन्द्र खड्का, निर्देशक जनकदीप पराजुली, घनश्याम लामिछाने, ऋषि लामिछाने र लेखक प्रदीप भारद्धाज उपस्थित थिए । 

यो सिरियलमा विनय राज पौडेलको लेखन तथा निर्देशन रहनेछ । उनले १२ बर्ष अघि सिन्दुर नामक सिनेमाबाट सहयाक निर्देशक भएर सिनेमा क्षेत्रमा प्रवेश गरेका थिए । करिब १२ वर्षपछि यही नामको सुपरहिट सिरियल पुन निर्माणमा निर्देशकको जिम्मेवारी बहन गर्ने जिम्मा दिएकोमा प्रज्ञा जोशीप्रति आभारी रहेको बताए ।

प्रज्ञा फिल्मस्को व्यानरमा निर्माण हुने टेलिसिरियलमा नविन श्रेष्ठ, प्रज्ञा जोशी, लक्ष्मी भुषाल, प्रदीपराज गिरी, अश्मी थापा, दीपेनद्र सोनाम, स्नेहा पौडेल, पूर्णिमा जिएम, टेकेन्द्र न्यौपाने, पवन केसी लगाउयतका कलाकारको अभिनय रहनेछ । यो सिरियलमा मदन कश्यप घिमिरेको छायांकन, लय संग्रौलाको गीत लेखन, सम्राट थापाको संगीत रहनेछ ।  

Logo