सामबहादुरले पनि कमायो विश्वब्यापी १ सय करोड, घरेलु थिएटरमा ८० करोड मात्रै कमायाे

सामबहादुरले पनि कमायो विश्वब्यापी १ सय करोड, घरेलु थिएटरमा ८० करोड मात्रै कमायाे


बिक्की कौशल स्टारर फिल्म  ‘साम बहादुर’ रिलिज भएको १९ दिन भैसकेको छ । थिएटरमा रणवीर कपूरको ‘एनिमल’ सँग भिडन्त भए पनि फिल्मले उत्कृष्ट ओपनिङ गरेको थियो र दिनहुँ राम्रो कमाइ गरिरहेको छ। यो फिल्मले विश्वभरको कमाइ १०० करोड पार गरिसकेको छ र अब घरेलु बक्स अफिसमा पनि १०० करोडको कमाईमा अघि बढिरहेको छ । तर अहिले चलचित्रको व्यापार घट्न थालेको देखिन्छ ।

एक रिपोर्ट अनुसार फिल्मले १८औं दिन १ करोड ६ लाख रुपैयाँ कलेक्सन गरेको थियो भने प्रारम्भिक तथ्यांक अनुसार फिल्मले १९ औँ दिन १ करोड ९ लाख रुपैयाँ कमाएको छ । ‘सामबहादुर’ले १९औं दिनको कमाईबाट हालसम्म ७९ करोड २९ लाख भारतीय रुपैयाँ कमाएको छ । अहिले यो फिल्मले बिस्तारै सय करोडको कमाई गरिरहेको छ । 

उता, सामबहादुरसँग रिलिज भएको चलचित्र ‘एनिमल’को कुरा गर्दा अहिले पनि दिन प्रतिदिन राम्रो कमाइ भइरहेको छ । १९ औं दिन पनि फिल्मले ४.२३ करोड कमाएको छ भने घरेलु बक्स अफिसमा फिल्मको कुल कलेक्सन ५२२.१७ करोड पुगेको छ ।

Logo