फिल्म ‘उपहारः द जर्नी अफ लाइफ’को गीत ‘मुटुको चार आना’ सार्वजनिक हुँदै

फिल्म ‘उपहारः द जर्नी अफ लाइफ’को गीत ‘मुटुको चार आना’ सार्वजनिक हुँदै

केन्द्रबिन्दु
0
Shares

अभिनेत्री रेखा थापाद्वारा निर्मित फिल्म ‘उपहारः द जर्नी अफ लाइफ’को ‘मुटुको चार आना’ बोलको गीत पुस १३ गते सार्वजनिक हुने भएको छ ।  

मुक्त उदासको रचना र अर्जुन पोखरेलको संगीत रहेको गीतमा कलाकार महेन्द्र बिक र समीक्षा अधिकारीले स्वर दिएका छन् । गीतको नृत्य निर्देशक कविराज गहतराज छन् । फिल्ममा सुलक्षण भारती, अभिमन्यु निरवी र माधव शर्माको पटकथा तथा संवाद छ । 

रेखा फिल्म्स् तथा कपनगढी सिनेमाको संयुक्त ब्यानरमा निर्माण भएको फिल्म विष्णु घिमिरे कल्पितले छायांकन गरेका हुन् । फिल्मका कार्यकारी निर्माता बलराम शाही ठकुरी हुन् । सामाजिक विषय वस्तुमा आधारित फिल्मका लेखक सुलक्षण भारती छन् ।

Logo