शाहरुख खानको फिल्म ‘डंकी’ सिनेमा घरमा धुम मचाइरहेको छ। यसै बर्ष रिलिज भएका शाहरूखको ‘जवान’ र ‘पठान’ जस्तै राजकुमार हिरानीको फिल्म ‘डंकी’ले पनि बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ।
राजकुमार हिरानीले निर्देशन गरेको डंकीलाइ दर्शकले निकै माया दिइरहेका छन्। यही कारणले गर्दा ‘डङ्की’ लाई विश्वभर नै मन पराइरहेको छ। शाहरुख खानको फिल्मले बक्स अफिसमा सुस्त सुरुवात गरेपनि अन्ततः ‘डङ्की’लाई विश्वभर निकै मन पराउन थालिएको छ।
डंकीले विश्वभर २०० करोडभन्दा बढी कमाइसकेको छ। यो जानकारी शाहरुख खान र गौरी खानको कम्पनी रेड चिली इन्टरटेनमेन्टले हालै सामाजिक सञ्जाल इन्स्टाग्रामबाट दिएको हो। रेड चिलीका अनुसार डङ्कीले विश्वभर हालसम्म २११.१३ करोड रुपैयाँ कमाइसकेको छ।
डंकीमा शाहरुख खानसँगै तापसी पन्नु, विक्की कौशल, बोमन इरानी र अनिल ग्रोवर जस्ता कलाकार मुख्य भूमिकामा छन्। डंकी गत २१ डिसेम्बरमा हलमा रिलिज भएको हो।
उल्लेखनीय छ कि डंकीले पहिलो दिन भारतमा २९.२ करोड र विश्वभर ५८ करोड कमाएको थियो। दोस्रो दिन यो संख्या भारतमा २०.१२ करोड पुगेको थियो भने डङ्कीले विश्वभर १०३ करोड कमाएको छ। तेस्रो दिन भारतमा यो संख्या २५.५ करोड पुगेको जनाईएको थियो।
फिल्मको बजेट १२० करोड रहेको बताइएको छ। शाहरुख खानले पहिलो पटक राजकुमार हिरानीसँग फिल्ममा काम गरेका हुन्। राजकुमार हिरानीले मुन्ना भाई एनबीबीएस, ३ इडियट्स, पीके र सञ्जु जस्ता ब्लकबस्टर फिल्म बनाइसकेका छन।































प्रतिक्रिया