सन २०२३ मा दिपिका पादुकोणमाथी २ हजार करोडको निर्माताकाे बाजी

सन २०२३ मा दिपिका पादुकोणमाथी २ हजार करोडको निर्माताकाे बाजी

केन्द्रबिन्दु
0
Shares

सन् २०२३ मा बलिउडका धेरै सुन्दरीहरुले बक्स अफिसमा धेरै सफल फिल्म दिएका छन्। यसमा कट्रिना कैफदेखि आलिया भट्टसम्मको नाम समावेश छ।

यी सबैको बीचमा निर्माताले एक अभिनेत्रीमाथी हजारौं करोड रुपैयाँ जुवा खेलेका छन्। उनी न कट्रिना कैफ हुन् न आलिया भट्ट। उनको नाम हो, दिपिका पादुकोण।

सन् २०२३ मा दिपिका पादुकोणले फिल्म ‘पठान’ मा काम गरेकी थिइन्। शाहरुख खानसँगको उनीहरुको केमेस्ट्री सिल्वर स्क्रिनमा लोभलाग्दो रहेको थियो। रिलिज पछि ‘पठान’ बक्स अफिसमा अल टाइम ब्लकबस्टर साबित भयो।

दिपिका पादुकोण र शाहरुख खान अभिनित फिल्म ‘पठान’ ले भारतमा ५०० करोडको आँकडा पार गरेको थियो। योसँगै फिल्मको विश्वव्यापी कमाई १०५० करोड रुपैयाँ थियो।

‘पठान’ को सफलतापछि दिपिका पादुकोण बैंकेबल स्टारको सूचीमा परेकी छिन् र निर्माताहरूले उनीमाथि २ हजार करोडको बाजी लगाएका छन्। दिपिका पादुकोण अर्को वर्ष अब फिल्म ‘फाइटर’ मा देखिने छिन्। यसमा उनको जोडी पहिलो पटक ऋतिक रोशनसँग देखिनेछ। सिद्धार्थ आनन्दले निर्देशन गरेको यो फिल्मको बजेट २५० करोड भारु रहेको भनिएको छ।

यसपछि दिपिका पादुकोण साउथको फिल्म  ‘कल्की २८९८ एडी’ मा देखिने छिन्। यसमा प्रभास मुख्य भूमिकामा छन्। यो महँगो फिल्म हो, जसको लागत करिब ६०० करोड भारु रहेको बताइएको छ।

दिपिका पादुकोण पनि चर्चित फ्रेन्चाइज ‘सिंघम’ को एक हिस्सा भएकी छिन्।  उनी ‘सिंघम अगेन’ मा अजय देवगनसँग स्क्रिन सेयर गर्दै गरेको देखिने छिन्। यो फिल्म २०० करोडको बजेटमा बन्न लागेको बताइएको छ।

मिडिया रिपोर्टलाई विश्वास गर्ने हो भने दिपिका पादुकोण पनि ‘ब्रह्मास्त्र २’ को एक हिस्सा हुन्, जसमा निर्माताले ४०० करोड रुपैयाँ लगानी गरेका छन्। दिपिका पादुकोणले यसको पहिलो भागमा केमियो मात्र गरेकी थिइन्।

यसपछि दिपिका पादुकोण ‘टाइगर भर्सेस पठान’ र ‘पठान २’ मा पनि चम्किने खबर आएको छ। दुवै चलचित्र २५० करोडभन्दा बढीको बजेटमा बन्ने जनाइएको छ। यसरी हेर्दा दिपिकाका सबै फिल्मको बजेट करिब २००० करोड भारु रहेको छ।

Logo