गीतकार डा. रमिल अधिकारीले हाम्रो जे भने नी तिमी’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् ।
गीतकार अधिकारीको आफ्नै शब्दमा तयार भएको गीतमा ज्ञानेन्द्र गिरीको संगीत, विशाल निरौलाको एरेन्ज गरेका छन् । यसमा बाल गायक सुप्रिम मल्ल ठकुरी र गायिका जास्पर देवापाटेले यसमा स्वर दिएका छन् ।
प्रकाश धितालको निर्देशन रहेको भिडियोमा महानायक राजेश हमालसँग दुई बाल कलाकार एलेक्स खड्का र एभिलिना खड्कालाई फिचर्ड गरिएको छ । भिडियोमा बाबु र छोराछोरीबीचको सम्बन्धको कथा भनिएको छ ।
उत्सव दाहालले छायांकन र विकास दाहालले सम्पादन गरेको भिडियोलाई गीतकार डा. अधिकारीको अफिसियल च्यानल ‘रमिल क्रियशन’मा हेर्न सकिन्छ । न्युजिल्यान्डमा रहेर विभिन्न क्षेत्रमा सक्रिय रहेका उनले यसअघि पनि थुप्रै गीतहरु ल्याइसकेका छन् ।





























प्रतिक्रिया