निर्माता संजय न्यौपानेले नयाँ सिनेमा ‘रक्तबीज’को निर्माण घोषणा गरेको छन्। शुक्रबार कथा, पटकथा तथा संवाद लेखकको रुपमा प्रदीप भारद्धाजलाई अनुबन्धित गर्दै सिनेमा निर्माणको घोषणा गरेका हुन्।
निर्माण न्यौपानेले यसअघि ’प्रेम दिवस’ नाममा सिनेमा निर्माण गरेका थिए। उनले थुप्रै सिनेमामा अभिनय समेत गरेका छन्। यो सिनेमामा अभिनेता सौगात मल्ल, विशाल खरेल र प्रमोद अग्रहरीको मुख्य भूमिका रहनेछ। अभिनेता खरेलले निर्माता न्यौपानेको प्रेम दिवसबाट अभिनयमा डेव्यु गरेका थिए। सिनेमाको छायांकन अर्को वर्षको असोजबाट गरिने निर्माता न्यौपानेले बताए।
संजय न्यौपाने प्रोडक्सनको व्यानरमा निर्माण हुने सिनेमालाई एलए ग्रुप अमेरिका र कमल खतिवडाको लगानी रहनेछ। संजय न्यौपाने प्रस्तुतकर्ता रहेको सिनेमाका निर्माता खतिवाडा लामो समयदेखि अमेरिकामा बस्दै आएका छन्। निर्माता खतिवडाले राम्रो टिम र स्कृप्ट भएकाले सिनेमामा लगानी गर्न तयार भएको बताए।
अभिनेता सौगात मल्लले लेखक प्रदीप भारद्धाजले केही समय अगाडी नै कथा सुनाएको र आफूलाई स्कृप्ट र भूमिका निकै मन परेकाले काम गर्न तयार भएको बताए। यो सिनेमाको मुख्य अभिनेत्री लगायत मुख्य भूमिकामा का मगर्ने केही कलाकार र निर्देशकको केही दिनमा टुङ्गो लाग्ने निर्माण टिमले जनाएको छ।
सिनेमा डार्क एक्सन जनरामा निर्माण हुनेछ। असोजबाट फ्लोरमा जाने सिनेमालाई सौरभ लामाले खिच्नेछन्। सिनेमाको सम्पुर्ण छायांकन पूर्वी नेपालको इलाम र झापामा गरिनेछ।






























प्रतिक्रिया