​​​​​​​रणवीर कपुरको सिंघम लुक्स, के रोहित शेट्टीसँग सहकार्यमा हाे ?

​​​​​​​रणवीर कपुरको सिंघम लुक्स, के रोहित शेट्टीसँग सहकार्यमा हाे ?

केन्द्रबिन्दु
0
Shares

यतिबेला सुपरस्टार रणवीर कपुरको नाम फिल्म ‘एनिमल’ को सफलताका कारण लगातार चर्चामा छ। 

निर्देशक सन्दीप रेड्डी वांगाको यो फिल्ममा रणवीरको अभिनयलाई लिएर सबै पागल बनेका छन्। एनिमलपछि रणबीर कपुरको आगामी फिल्मको प्रतिक्षामा सबै जना छन्।

यसैबीच, सामाजिक सञ्जालमा रणवीर कपूरका केही नदेखेका तस्बिरहरू सार्वजनिक भएका छन्, जसमा उनी प्रहरीको वर्दीमा देखिएका छन्। विशेष कुरा के छ भने यी तस्बिरमा उनीसँगै निर्देशक रोहित शेट्टी पनि देखिएका छन्। 

रणवीरका नयाँ तस्विरहरु बाहिर आएका छन्, जसलाई हेरेर फ्यानहरुको उत्साह बढ्दै गएको छ। वास्तवमा, फिल्म ज्ञानले आफ्नो आधिकारिक इन्स्टाग्राम ह्यान्डलमा रणवीर कपूर र रोहित शेट्टीको नदेखेको तस्विर साझा गरेको छ। यी तस्विरहरूमा रणवीर प्रहरीको वर्दीमा देखिएका छन्।

अभिनेताको सिंघम लुक निकै आकर्षक देखिन्छ। यी तस्विरहरू हेरेर रणवीर निर्देशक रोहित शेट्टीको कप एनिवर्सरीमा सहभागी हुन सक्ने अनुमान गरिएको छ।  तर, यसको आधिकारिक पुष्टि भने हुन सकेको छैन। केही फ्यानहरूले यी तस्विरहरू विज्ञापन फोटोसुटका क्रममा खिचिएको विश्वास गर्छन्।

Skip This
Skip This
Logo