‘चित्रा’ पूर्ण पारिवारिक फिल्म होः निर्देशक लामिछाने

‘चित्रा’ पूर्ण पारिवारिक फिल्म होः निर्देशक लामिछाने

केन्द्रबिन्दु
0
Shares

निर्देशक घनश्याम लामिछानेले आफ्नो आगामी रिलिज फिल्म 'चित्रा' लाई बाबुछोरीको सम्बन्धको सिनेमाका रुपमा मात्र बुझ्न नहुने बताएका छन्। 

बिहीबार भएको पत्रकार सम्मेलनमा निर्देशक लामिछानेले आफ्नो सिनेमामा बाबुले छोरी बचाउन गर्ने संघर्षमात्र नभई सम्बन्ध, मित्रता, परिवारका उतारचढाव लगायतका कुरा समेटिएको बताएका हुन्।

'बाबुछोरीको कुरा यो सिनेमामा एउटा बाटो हो यसका अलावा यसमा धेरै कुरा छन्', उनले भने। उनले 'चित्रालाई पूर्ण पारिवारिक सिनेमाका रुपमा बुझ्न आग्रह गरे।

सिनेमाबाट सन्तोष अधिकारीले ४२ वर्षको उमेरमा अभिनेताका रुपमा सिनेमामा डेब्यू गर्दैछन्। उनले 'घर', 'आमा' लगायतका सिनेमामा सह-निर्माण गरिसकेका छन्। पत्रकारहरुले निर्देशक लामिछानेलाई अधिकारीलाई सिनेमामा खेलाउनुको कारण उनी निर्माता हुनु प्रमुख कारण हो भनी सोधेका थिए।

निर्देशक लामिछानेले यसलाई अस्वीकार गरे। 'तपाईंले भनेका दुईटै कुरा ठीक छन्। एउटा स्टोरी पनि थियो, जुन उहाँहरुले लिएर आउनुभएको थियो। कथा अनुसार सन्तोषजी राइट कास्टिङ हुनुभयो। ४२ वर्षको उमेर डेब्यू हुँदै हुनुहुन्छ। तपाईं हामीलाई त्यस्तो लागेपनि राइट कास्टिङ हुने भएकाले उहाँ सिनेमामा हुनुहुन्छ', उनले भने। लामिछानेले सन्तोषले स्क्रिप्टमा कुनै हस्तक्षेप नगरेको बताए।

त्यसैगरी उनले सिनेमामा एन्टागोनिस्ट बनेका प्रमोद अग्रहरीको पात्रमा दर्शकले भिन्नसँगै विभिन्न रुपहरु देख्नसक्ने बताए। त्यस्तै कुरा अर्पण थापाको चरित्रमा पनि देख्न सकिने उनको भनाइ थियो। यसैगरी डेब्यू अभिनेता सन्तोषले आफू सिनेमामा पैसा डुबाउन नआएको र लगानी गरेको पैसा बजारबाट उठाउन सकिने देखेरै सिनेमा बनाएको बताए।

यस्तै अभिनेता प्रमोद अग्रहरी सिनेमाबाट आशावादी देखिए। उनले ट्रेलर सार्वजनिक भएपछि मिलेको प्रतिक्रियाहरुबाट आफू थप आशावादी भएको बताए। 'ट्रेलर रिलिज भइसकेको छ। मैले सकारात्मक प्रतिक्रियाहरु पाइरहेको छु। मलाई लाग्छ दर्शकको साथ पाइनेछ', उनले भने। साक्षात्कारकै क्रममा निर्देशक घनश्याम लामिछानेले आफ्ना पछिल्ला सिनेमाहरु भन्दै शैलीका हिसाबले 'चित्रा' फरक हुने ठोकुवा गरे।

Skip This
Logo