रियालिटी शो ‘र्‍याप ब्याटल नेपाल’ आयोजना हुने

रियालिटी शो ‘र्‍याप ब्याटल नेपाल’ आयोजना हुने

केन्द्रबिन्दु
0
Shares

र्‍याप गीतको रियालिटी शो ‘र्‍याप व्याटल नेपाल’ आयोजना हुने भएको छ।  युजिसा इन्टरनेशलको आयोजना र राज्य मिडिया नेटवर्कको सह–आयोजनामा शो हुन लागेको हो।

आयोजकले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै यसको जानकारी गराएका हुन्। आयोजकका अनुसार शो एपीवान टेलिभिजनबाट प्रसारणमा आउनेछ।

युजिसा इन्टरनेशलका कार्यकारी निर्देशक सानु खनालका अनुसार फेबु्रअरीबाट अडिसन सुरु हुनेछ। उनका अनुसार टेलिभिजनमा अप्रिलबाट र्‍याप ब्याटल नेपाल प्रसारण हुनेछ।

‘शोमा नेपाली सांगीतिक क्षेत्र र बलिउडका संगीतकर्मी निर्णायक हुनेछन्,’ उनले भने।  राज्य मिडिया नेटवर्कका अध्यक्ष एवं इभेन्ट सल्लाहकार सरोज ओझाले युवासहित सबै किसिमका दर्शकलाई सांगीतिक माहोलमाझ रम्ने वातावरण उक्त शोले दिने दाबी गरे। 

शोको अडिसन काठमाडौं, पोखरा, झापा, इटहरी, चितवनसहित भारतको दार्जिलिङ, सिलिगुडी र सिक्किममा हुनेछ। शोका इभेन्ट निर्देशक डेभिल सिंह राजपुतले शोको अडिसन दार्जिलिङमा माघ २५, सिक्किममा माघ २७, सिलिगुडीमा माघ २९, झापामा फागुन२, इटहरीमा ५, चितवनमा ९, पोखरामा १२ र काठमाडौंमा १८ र १९ गते गरिने बताए। उनले विश्वभर छरिएर रहेका नेपाली भाषीहरुको लागि डिजिटल अडिसन गरिने जानकारी दिए।

एपीवान टेलिभिजनका समाचार प्रमुख निरजराज जोशीले शोको सफलताको कामना गर्दै टेलिभिजनले शोलाई सफल पार्न सहयोगीको भूमिका निर्वाह गर्ने बताए।

Skip This
Logo