बलिउडः राखीको जमानत निवेदन खारेज, पक्राउ सम्भावना उच्च

बलिउडः राखीको जमानत निवेदन खारेज, पक्राउ सम्भावना उच्च

केन्द्रबिन्दु
0
Shares

बलिउडकी आइटम गर्ल राखी सावन्त विवादास्पद कलाकारका रुपमा परिचित छिन्। अहिले उनी पूर्वपति आदिल खान दुर्रानीका कारण चर्चामा छिन्।

आदिलले केही समयअघि सेशन कोर्ट मुम्बईमा राखीविरुद्ध उजुरी दिएका थिए। उनले आफ्नो केही निजी कुरालाई प्रचार गरेको आरोप लगाएका थिए।

राखीले आफ्नो ‘सेक्सुअल भिडियो’ लिक गरेको आरोपसमेत लगाएका थिए। आफूमाथि उजुरी परेपछि राखीले कोर्टमा आफूलाई गिरफ्तारी नगर्न माग गर्दै निवेदन दिएकी थिइन्। 

अदालतले केही समयको बहसपछि उनको निवेदनलाई खारेज गरिदिएको छ। उनको निवेदन खारेजीसँगै राखी पक्राउ पर्ने सम्भावना उच्च रहेको छ।

‘जुन काम राखीले गरेकी थिइन्,त्यो गलत थियो। जसरी उनले आफ्ना पूर्व पतिको भिडियो सर्कुलेट गरिन, त्यो गलत भएको अदालतको ठहर छ। राखीमाथि यस किसिमको मुद्दा पहिलेदेखि नै पेन्डिङ छ। यसकारण उनको जमानत याचिका खारेज गरिएको छ। यो मुद्धामा कसैलाई पनि छुट दिनु सही होइन’,सेशन कोर्टका न्यायाधि श्रीकान्त भोसलेले भनेका छन्।

आदिलले पनि राखीले आफ्नो सेक्सुअल भिडियो सर्कुलेट गर्नु खराब काम भएको बताए। उनले यो मामलामा राखीविरुद्ध एफआईआर दर्ता गराएका थिए। उनले सेक्सन ५०० (डिफेमेसन), ३४ (कमन इनटेन्सन), सेक्सन ६७ए (पब्लिसिङ सेक्शुअली एक्स्प्लीसिट मटीरियल इन इलेक्ट्रोनिक फम)मा एफआईआर दर्ता गराएका थिए।

राखीले यो मामलमा मुम्बई कोर्टमा आफूलाई गिरफ्तार नगर्न निवेदन दिएकी थिइन्। जबकी राखीले यो मामलामा हरेक किसिमले प्रहरीलाई सहयोग गरेकी थिइन्। 

न्यायाधिश भोसलेले राखीले जुन डिभाइसको सामाग्री सर्कुलेट गरिन्, त्यो सामान हालसम्म प्रहरीले फेला नपारेको बताउका छन्।  उनका अनुसार डिभाइस हालसम्म राखीसँगै छ। उनले डिभाइसको कुनै पनि सामाग्री प्रहरीलाई दिएकी छैनन्।

Skip This
Logo