टाइगर-२ का भिलेन इमरान हासमीले किने भारतकै सबैभन्दा मंहगो कार

टाइगर-२ का भिलेन इमरान हासमीले किने भारतकै सबैभन्दा मंहगो कार

केन्द्रबिन्दु
0
Shares

सलमान खानको फिल्म ‘टाइगर ३’ मा खलनायकको भूमिका खेलेर दर्शकको मन जितेका इमरान हाशमीसँग जोडिएको एउटा ठूलो खबर बाहिर आएको छ। 

वास्तवमा अभिनेता खानले हालै भारतको सबैभन्दा महँगो कारको मालिक बनेका छन्। सामाजिक सञ्जालमा उनको एउटा भिडियो पनि सार्वजनिक भएको छ। जसमा उनी आफ्नो नयाँ चम्किलो कारमा बसेको देखिन्छ।

बलिउड ‘सिरियल किसर’ इमरान हाशमीले रोल्स रोयसलाई आफ्नो कार संग्रहमा समावेश गरेका छन्। यो भारतको सबैभन्दा महँगो कार हो। यसको मूल्य सुनेर तपाई छक्क पर्नुहुनेछ।

वास्तवमा इमरान हाश्मीको यो चम्किलो रोल्स रोयसको मूल्य १२.२५ करोड भारतीय रुपैयाँ पर्छ। सामाजिक सञ्जालमा सार्वजनिक भएको यो भिडियोमा इमरान हाशमी आफ्नो नयाँ कारमा बसेका छन्।

भिडियोमा रोल्स रोयसमा बसेका इमरान हाशमीको स्वभाव अर्कै छ। यस क्रममा अभिनेता कारको अगाडिको सिटमा बसेका थिए। जो पहेँलो टिसर्टमा निकै सुन्दर देखिन्छन्।

भिडियोमा उनी फोनमा कुरा गरिरहेको देखिन्छ। इमरानको यो भिडियो अहिले इन्टरनेटमा भाइरल भइरहेको छ। जसमा उनका फ्यानहरुले विभिन्न प्रतिक्रिया दिइरहेका छन्।

Skip This
Logo