पुष्पाः द रुल र रोहित सेटठीको सिंघम बिच भिडन्त हुने

पुष्पाः द रुल र रोहित सेटठीको सिंघम बिच भिडन्त हुने


सन् २०२४ रमाइलो हुने भएको छ किनभने यो वर्ष सिंघम अगेन, पुष्प २ द रुल, स्त्री २ र भुल भुलैया ३ जस्ता धेरै ठूला फिल्मको सिक्वेल आउने भएका छन् । 

वास्तवमा, यो वर्ष रोहित शेट्टीको बहुप्रतिक्षित स्पाई ब्रह्माण्ड फिल्म सिंघम फेरि रिलिज हुँदैछ। फिल्ममा अजय देवगन बाहेक दीपिका पादुकोण, अक्षय कुमार र रणवीर सिंह जस्ता धेरै ठूला अनुहारहरु देखिनेछन् । तर, यसैबीच अल्लु अर्जुनको बहुप्रतिक्षित फिल्म ‘पुष्पा द रुल’ पनि सोही दिन रिलिज हुने खबर आएको छ ।

यी दुवै चलचित्र १५ अगस्टमा टिकट विन्डोमा आमने सामने हुँदैछन् । ट्रेड एनालिस्ट तरण आदर्शले ट्विट गर्दै फिल्मसँग सम्बन्धित नयाँ अपडेट सेयर गरेका छन् । उनले ट्वीट गर्दै लेखेका छन्, ‘पुष्पा २ स्थगित भएको छैन । यो २०२४ को स्वतन्त्रता दिवसको अवसरमा रिलिज हुँदैछ। पुष्प २ पक्कै पनि अगस्ट १५ गते बिहीबार आउँदैछ । उनले थप लेखेका छन्, ‘सिङ्घम २सँग ठूलो भिडन्त हुन लागेको छ ।

Logo