भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि बिनोद राईलाई

भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि बिनोद राईलाई


'द भ्वाइस अफ नेपाल'काे पाँचाैँ सिजनको उपाधि इलामका विनोद राईले जितेका छन् । 

गएराति ललितपुर गोदावरीमा रहेकाे सनराइज हलमा भएको ग्राण्ड फिनालेमा राईले तीन प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेका हुन् । विजेता राईले २० लाख रूपैयाँसहित विभिन्न पुरस्कार हात पारेका छन् । दर्शकले दिएको भाेटकाे आधारमा विजेता घोषणा गरिएको हाे । विजेता राई कोच मिलन नेवारकाे समूहबाट प्रतिनिधित्व गर्छन् । 

यस्तै, मकरबहादुर योञ्जन फस्ट रनरअप, कुमार प्रयास राई सेकेण्ड रनरअप र नोगेन लिम्बु थर्ड रनरअप घोषित भएका छन् । 'द भ्वाइस अफ नेपाल' काे पाँचाैँ सिजनमा प्रमोद खरेल, राजेश पायल राई, मिलन नेवार र उदय सोताङ कोचको भूमिकामा रहेका थिए । 

Logo