‘कुटुमा कुटु’काे नयाँ कीर्तिमान

‘कुटुमा कुटु’काे नयाँ कीर्तिमान

केन्द्रबिन्दु
0
Shares

६ वर्ष अगाडि रिलिज भएको ‘कुटुमा कुटु’ बाेलकाे गीतले नेपाली संगीत क्षेत्रमा नयाँ कीर्तिमान राखेको छ । शुक्रबार मध्यरातसम्म यो गीतलाई २० करोड पटक हेरिएको छ । जुन युट्युवमा सर्वाधिक हेरिएकाे पहिलाे नेपाली गीत हाे । 

फिल्म ‘२ रुपियाँ’मा समावेश यस गीतमा शब्द तथा संगीत राजनराज शिवाकोटीको छ । स्वर राजनराज स्वयं र मेलिना राई तथा राजन इशानको छ । यो गीत सामाजिक संजालदेखि धेरैको ओठमा झुन्डिने गीत बन्यो । पार्टी, समारोहदेखि मानिसको नीजि जीवनको सेलिब्रेसनमा पनि गुञ्जिएको यो गीतमाथि विदेशीले पनि टिकटकमा भिडियो बनाएका थिए । यो गीतको भिडियोमा निश्चल बस्नेत, स्वस्तिमा खड्का, आसिफ शाह, बुद्धि तामाङ लगायतले अभिनय गरेका छन् ।  

अन्न, फलफूल, वनस्पती, सुन, कीराफट्यांग्रा, मानिस, चरा, जनावर ,धर्म, बिज्ञान, देश, विदेश समट्दै धुमपान तथा मद्यपान गर्नु हुँदैन भन्ने सामाजिक सन्देश दिइएकाे कबिर पाँच मिनेटको गीतले २० करोड भ्यूज प्राप्त गरेपछि संगीतकार शिवाकोटीले यो उपलब्धिको खुशि बाँडेका छन् । उनले फेसबुकमा गीतको शब्द लेखिएको चिर्कटो पनि सेयर गरेका छन् । 

“सन् २००८ जनवरीकाे पहिलाे तारिख, मध्यरात ठीक १२ बजे केही नयाँ सिर्जना गर्छु भन्ने अठोटको साथ शुरु गरेको यो गीत सन् २०१६ मा आसिफ शाह जी र असिम शाह जीसँग कुराकानी पश्चात चलचित्र २ रुपैयाँमा राख्ने सहमति भएको अझै १५ दिन पछी मात्र पूरा भएको हो तर कन्सेप्ट भने चरिकोट माथि देउरालीको चौतारीमा बसेर शुरु भएको हाे” उनी भन्छन्, “यो गीतमा एउटा लाइन बिर्कोमा लाको चिनीमा कसरी पस्यो कमिलो लेख्दै गर्दा मेरो हात कामेका थिए । तर अरु लाइनसँगै यो लाइन सर्वाधिक पपुलर बन्यो । यो गीतले मलाई जति सरल र मिठासपूर्ण शब्द प्रयोग गरिन्छ, त्यति नै गीत जनजिब्रोमा झुन्डिन सजिलो हुन्छ भन्ने पाठ सिकायो ।” 

उनी थप्छन्, ‘नेपाली मौलिक गीत संगीतले संसारभरिका गीत संगीतप्रेमीको मन जित्न सकोस् ।’ 

Skip This
Skip This
Logo