‘कथाभित्रका कथाहरूमा’ चेपाङ समूदायको कथा

‘कथाभित्रका कथाहरूमा’ चेपाङ समूदायको कथा

केन्द्रबिन्दु
0
Shares

कुनै समय म्यूजिक भिडियो निर्देशनमा स्थापित निर्देशक दीपेन्द्र केसी यतिबेला भने वृत्तचित्र ‘कथाभित्रका कथाहरुमा’ निर्माण गरेका छन्। 

गायक नविन के भट्टराईको ‘अलिकति पीडा’, डम्बर नेपालीको ‘टाढा नलैजाऊ’, हिमाल सागरको ‘मैले सोचे तिमीलाई’ जस्ता सफल म्यूजिक भिडियो बनाएका दीपेन्द्रले वृत्तचित्रमा चेपाङ समुदायको कथालाई समेटेका छन्।

ओस्कार कलेजका विद्यार्थी दीपेन्द्रका अनुसार पशुपतिनाथको गौशालामा नियमित गइरहने दीपेन्द्रले त्यहाँ छाप्रोमा खाजा बेच्ने व्यक्तिलाई देखेपछि उनले वृत्तचित्र बनाउने योजना बनाएका थिए। ती व्यक्तिसँग उनको दैनिक जीवनबारे सोधखोज गरेपछि दीपेन्द्र चेपाङ समुदायमा पुगे।

‘मैले के गर्ने भनेर अनुसन्धान गरेँ । चेपाङका बारेमा कमै कथाहरू भेटेपछि यसमै वृत्तचित्र बनाउने निर्णय लिएँ र सुरु गरे कथा भित्रका कथा’, उनले भने। मनहरी गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य विष्णुबहादुर प्रजाको सहयोगमा उनले वृत्तचित्र तयार पारेका छन्। 

उनको वृत्तचित्रमा चेपाङ जंगलमै किन बसिरहेका छन् ? उनीहरू किन अवसरका लागि सहर पस्दैनन्? भन्ने कथा समेटिएको छ। दीपेन्द्रले यसको मोसन पोस्टर पश्चात टिजर सार्वजनिक गरेका छन्। वृत्तचित्रमा सन्तलाल चेपाङको कथा देखाइएको छ।

‘मैले यो कथालाई तीन सेड्युलमा खिचेका थिएँ। वृत्तचित्र खिचाइसँगै सन्तलालको जीवनसँग साक्षात्कार गर्ने मौका पनि पाएँ। उनीहरूको पीडालाई नजिकबाट बुझ्न पाएँ, दीपेन्द्र भन्छन्,‘मेरो चाहना नै उनीहरूको जीवन र समूदायमा बदलाव ल्याउनु हो । किनकि अहिलेको समयमा सहर नपसेर जङ्गलमै बस्नु रहर होइन।’

मकवानपुरको मनहरी गाउँपालिकास्थित नयाँवस्तीमा खिचिएको वृत्तचित्रमा सन्तलालसँगै उनको परिवार फिचर्ड छन्। वृत्तचित्रमा दीपेन्द्रसँगै विनिता क्षेत्रीको निर्माण र बालकृष्ण खड्गीको सहनिर्माण छ।

Skip This
Logo