इन्डियन आइडलको उत्कृष्ट १० बाटै बाहिरिइन् मेनुका

इन्डियन आइडलको उत्कृष्ट १० बाटै बाहिरिइन् मेनुका

केन्द्रबिन्दु
98
Shares

नेपालकी मेनुका पौडेल भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’को  टप १० बाट बहिरिएकी छन्। 

आइतबारको एपिसोडमा उनी बाहिरिएको घोषणा भएको हो। मेनुकाले पनि आफ्नो सामाजिक संजालबाट आफ्नो इण्डियन आइडलको यात्रा टुंगिएको जनाएकी छन्।  ‘मेरो इण्डियन आइडलको यात्रा यहीँ सकिएको छ। तर, मेरो जीवनको सांगीतिक यात्रा भर्खर सुरु भएको छ।’ पौडेलले लेखेकी छन्। 

मेनुका उत्कृष्ट १० मा छनोट हुन सफल भएकी थिइन्। उनले फिल्मको गायन, रेकर्डिङ र कन्सर्टमा साथ दिन फ्यानलाई आग्रह गरेकी छन्। 

आइडलमा रहँदा उनले ‘सलार’मार्फत् भारतीय फिल्म गायनमा डेब्यू गरेकी थिइन्। चिकित्सकले उनलाई ‘एआई भिजन चस्मा’ पनि प्रदान गरेका थिए जसमार्फत् अबदेखि उनले पढ्न, हिँड्न र मान्छे चिन्न सक्छिन्।

Logo