मुम्बई। आलिया भट्टको नक्कल गरेर चर्चित बनेकी चाँदनीले सानै उमेरमा धेरै कुरा हासिल गरिन्। फिल्म ‘ब्रह्मास्त्र’ रिलिज भएपछि चाँदनी आलिया भट्टको नक्कल गरेर सामाजिक सञ्जाल सेन्सेसन बनिन्।
यसैबीच अहिले उनले मुम्बईको अंधेरी क्षेत्रमा फ्ल्याट किनेकी छिन्। रिपोर्टमा विश्वास गर्ने हो भने उक्त फ्ल्याटको पहिले मालिक अक्षय कुमार हुन्। हालै चाँदनीले आफ्नो सोसल मिडिया अकाउन्टबाट नयाँ घरमा भएको पूजाका केही तस्विर शेयर गरेकी छिन्।
अब यदि बलिउड हंगामामा आएको रिपोर्टलाई विश्वास गर्ने हो भने चाँदनीले किनेको नयाँ घर वास्तवमा अक्षय कुमारको हो, जुन उनले बेचेका छन्। यो फ्ल्याट मुम्बईको अंधेरी क्षेत्रमा अवस्थित छ। घरको मूल्य कति हो र कतिमा सम्झौता भएको हो भन्ने ठोस जानकारी भने आएको छैन ।
चाँदनी अहिले २४ वर्षकी भइन्। उनले कानूनको उपाधि हासिल गरेका छन्। उनी शौकको रूपमा मिमिक्री गर्थिन्, त्यसपछि उनी भिडियो जकी र मिमिक्री कलाकार बनिन्। चाँदनी बाल्यकालदेखि नै अभिनेत्री बन्न चाहन्थिन् तर सामाजिक सञ्जालमा कन्टेन्ट सिर्जनाबाट उनले वास्तविक पहिचान पाइन्। यसबाहेक उनी अमेजन मिनी टिभीको कमेडी शो कन्स्टेबल गिर पडेमा देखिएकी छिन्।





























प्रतिक्रिया