‘अगस्त्य’ का कलाकारले मनाए सरस्वती पूजा र भ्यालेन्टाइन्स डे

‘अगस्त्य’ का कलाकारले मनाए सरस्वती पूजा र भ्यालेन्टाइन्स डे

केन्द्रबिन्दु
33
Shares

काठमाडाैँ। फिल्म ‘अगस्त्य च्याप्टर १’का प्रमुख कलाकारहरूले सरस्वती पूजा र भ्यालेन्टाइन डे मनाएका छन्। पुल्चोक इन्जिनियरिङ क्याम्पसमा आयोजना गरिएको सरस्वती पूजा कार्यक्रममा उपस्थित भएर नाजिर हुसेन र मलिका महतले सरस्वती पूजा र भ्यालेन्टाइन डे मनाएका हुन्।

उक्त अवसरमा आगामी फागुनको १८ गतेबाट रिलिज हुन लागेको फिल्म ‘अगस्त्य च्याप्टर १’का बारेमा जानकारी दिँदै टिजर समेत प्रदर्शन गरिएको थियो। सरस्वती पूजा र भ्यालेन्टाइन डे विशेष कार्यक्रममा अगस्त्यको प्रमोसनका लागि पुगेका नाजिर, मलिका र बेन बस्नेतसँग फ्यानहरूले सेल्फी खिच्नुका साथै केही संवाद गरेका थिए।

यस्तै, कलेजमा गएर उनीहरूले फ्यानलाई मात्र भेटेनन् उनीहरूले अगस्त्यको टिकट सम्म बाँडेका थिए । फिल्मको टिमले उक्त कार्यक्रममा स्थलमा स्टल पनि राखेको थियो । स्टलमा उपस्थित विद्यार्थीलाई फिल्म सम्बन्धित केही प्रश्न गरिएको थियो जाँहा सही जवाफ दिनेलाई फिल्मको टिकट र टिसट पनि बाँडिएको थियो ।

विद्यार्थीमाझ टिजर सार्वजनिक गरेर मिलेको सकारात्मक प्रतिक्रियाबाट निर्माण पक्ष थप उत्साहित बनेको छ। टिजर हेरेका विद्यार्थीहरूले अभिनेता सौगातको चरित्रमा देखिएको विविधताले मन जितेको प्रतिक्रिया दिएका थिए।

टिजरको अन्तिममा मेशिनगन लिएर प्रस्तुत भएका नाजिर हुसेनको प्रभावशाली चरित्रले र प्रमोद अग्रहरीको झलकले सबैको ध्यान तान्न सफल थियो। फागुन १८ गते बाट देशव्यापी प्रदर्शनमा आउन लागेको यस फिल्ममा सौरभ चौधरिको लेखन तथा निर्देशन रहेको छ। फिल्म सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, निश्चल बस्नेत, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्र लगायतका कलाकारको अभिनय छ।

Skip This
Skip This
Logo