‘रुमानी’ बाट धिरज र साम्राज्ञीको जोडीको कमब्याक

‘रुमानी’ बाट धिरज र साम्राज्ञीको जोडीको कमब्याक

केन्द्रबिन्दु
24
Shares

काठमाडाैँ। अनिल योञ्जनको निर्देशनमा तयार हुन लागेको फिल्म ‘रुमानी रंगहरु’ मा नायक धिरज मगरको प्रवेश भएकाे छ।

‘रुमानी रंगहरु’ बाट नायक आर्यन अधिकारी बाहिरिएसँगै नायक धिरज मगर र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह फाइनल भएका हुन्। यो फिल्मको सुरुवातमा आर्यन र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह फाइनल भएका थिए। निर्माण पक्षले आर्यन र साम्राज्ञीले जोडी बाँध्न लागेको घोषणा पनि गरेको थियो। तर, अब यो फिल्ममा आर्यन नहुने पक्का भएको छ ।

निर्माणपक्षले धिरजलाई कथा सुनाएपछि उनी प्रभावित भएका हुन्। यो फिल्ममा हरी लामा ठकुरी र जीएम ठकुरीको लगानी रहनेछ। तर, अब भने दर्शकको सर्वाधिक डिमाण्डमा रहेका साम्राज्ञी र धिरज एकसाथ फिल्ममा देखिन लागेका हुन्।

फिल्मको सम्पूर्ण छायांकन अष्ट्रेलियामा हुनेछ। यो फिल्मलाई रोमान्टिक कमेडी कथामा तयार गर्न लागिएको हो ।साम्राज्ञी र धिरजले फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ एकसाथ काम गरेका थिए । यसपछि, यो जोडीको सर्वाधिक चर्चा पनि भयो । तर, फिल्म रिलिज भइसक्दा यी दुईको सम्बन्धमा दरार आएको थियो। यसपछि, यी दुईले एकसाथ काम गर्न सकेका थिएनन् ।

Skip This
Skip This
Logo