अभिनेत्री तथा पूर्व सांसद जया प्रदा ‘फरार’ घोषित

अभिनेत्री तथा पूर्व सांसद जया प्रदा ‘फरार’ घोषित

केन्द्रबिन्दु
266
Shares

मुम्बई। अभिनेत्री तथा पूर्व सांसद जया प्रदालाई अदालतले मंगलबार ‘फरार’ घोषित गरेको छ।

सन् २०१९ को लोकसभाको चुनावको समयमा भाजपाकी प्रत्याशी रहेकी जयामाथि चुनावको समयमा आचारसंहिताको दुई मामला रामपुरमा दर्ता भएको थियो।

जयाको यो मामलाको सुनुवाई रामपुरको एमपी-एमएलए स्पेशल कोर्टमा चलिरहेको छ। जयालाई अदालतले कैयौं पटक सूचना जारी गर्दाको बाबजुद पछिल्लोपटक अदालतले कैयौं तारिख दिए पनि उनी अदालतमा उपस्थित भएकी थिइनन्।

यसबाहेक उनीमाथि वारेन्ट र जमानती वारेन्ट पनि जारी गरिएको थियो। तर उनी अदालतमा उपस्थित भइनन्। यहीकारण उनलाई अदालतले ‘फरार’ घोषित गरेको हो।

अदालतले जयाविरुद्ध ८२ सीआरपीसीको कारवाही गर्दै पुलिस अधिक्षकको एक डिप्टी एसपीको अगुमाईमा टिक बनाएर ६ मार्च २०२४मा अदालतमा उपस्थित गराउन आदेश दिएको छ।

रामपुरका वरिष्ठ अभियोजन अधिकारी अमरनाथ तिवारीका अनुसार सन् २०१९ मा जयाविरुद्ध केमरी र स्वार थानामा आचारसंहिता उल्लंघनका दुई मामला दर्ता भएका थिए। प्रहरीले चार्जशीट कोर्टमा उजुरी दर्ता गराएको थियो।

स्वारमा दर्ता भएको मामलामा बयान लिइसकिएको छ। केमरीको मामलामा भने जया अदालतमा उपस्थित नभएपछि बयान लिन बाँकी छ।

Logo