गीतबाट ब्रेक लिने एडेलको घोषणा

गीतबाट ब्रेक लिने एडेलको घोषणा

केन्द्रबिन्दु
21
Shares

लसएन्जल्स। पप स्टार एडेलले स्वास्थ्यको कारण जनाउँदै संगीतबाट केही समय ब्रेक लिने घोषणा गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत आफूले ‘लस भेगास रेजिडेन्सी’को शो स्थगित गरेको जानकारी दिएकी हुन्।

आगामी मार्चमा हुने यो शो केही समयका लागि रोक्ने निणर्य लिएको उनले उल्लेख गरेकी छन्। उनको यो घोषणाले उनका फ्यान निरास बनेका छन्।

‘दुःखको कुरा यो छ कि मैले आफ्नो खराब स्वास्थ्यको अगाडि हार स्वीकार्नुपर्‍यो। म ‘बेगास रेजिडेन्सी शो’ रोक्दैछु। शोको अन्तिम चरणको दौरान म बिरामी थिएँ र पुनः शो सुरु हुनुअघि मलाई पूणर् स्वस्थ हुन समय नै मिलेन। जसकारण म पुनः बिरामी भएकी छु। यसको असर मेरो स्वरमा परेको छ’, उनले लेखेकी छन्।

उनले अगाडि लेखेकी छन्,‘डाक्टरले मलाई पूर्ण रुपले आराम गर्न सल्लाह दिएका छन्। योबाहेक मसँग कुनै विकल्प नै छैन। यो सिजनको बाँकी ५ शोको तारिख स्थगित गरेकी छु।’ ‘विकेन्ड्स विद एडेल शो’को मार्चको सबै तारिख स्थगित गरिएको छ। एडिलको यो शो १५ जुनमा समापन हुँदै थियो। उनले गत वर्ष स्टेजमा दर्शकमाझ नजिक रहेर प्रस्तुत हुन पाउना आफ्ना लागि असाधारण अनुभव रहेको बताएकी छिन्।

‘शोका दौरान केही राम्रा र भावनात्मक सम्झना मेरो हृदयमा सदाका लागि बसेको छ। जुन म जीवनभर भुल्दिनँ। यो शोले स्टेजमा रहनु कति मजेदार छ भन्ने महशुस गराएको छ’,उनले भनेकी छन्।

Skip This
Skip This
Logo