आजदेखि ‘द अनब्रेकेबल अगस्त्यः च्याप्टर वान’ प्रदर्शनमा

आजदेखि ‘द अनब्रेकेबल अगस्त्यः च्याप्टर वान’ प्रदर्शनमा

केन्द्रबिन्दु
112
Shares

काठमाडौँ। आजदेखि ‘द अनब्रेकेबल अगस्त्यः च्याप्टर वान’ को सार्वजनिक प्रदर्शन सुरु भएको छ।

हिन्दू धर्मका सप्तऋषिमध्येका एक अगस्त्यको नामबाट जुराइएको शीर्षकमै रहेर तयार पारिएको चलचित्रमा लेखन तथा निर्देशक सौरभ चौधरीले गरेका हुन्। उनले चलचित्रका पात्रहरू अगस्त्य ऋषि झैँ शारीरिक र मानसिकरुपमा बलिया रहेको जानकारी दिए।

“यो हाम्रो समाजको नभनिएको कथा हो । मेरो प्रस्तुतिको शैली विदेशी चलचित्रको झैँ देखिए पनि यसको विषयवस्तुमा धेरै भिन्नता छ। हामीले समाजमा देखिरहेको तर पर्दामा नदेखेको कथा हो”, निर्देशक चौधरीले भने।

चलचित्रमा अभिनेता सौगात मल्लले निर्वाह गर्नुभएको भूमिका चर्चामा छ। उनले चलचित्रका लागि २० किलो तौल घटाएर फेरि बढाएका थिए। “मलाई शारीरिकरुपमा तयार गर्न समस्या छैन। मैले चार महिना अगाडि नै अन्य चलचित्रको छायाङ्कनमा खानपिनमा ध्यान दिए। तर मलाई मानसिक सन्तुलन गुमाएको व्यक्तिलाई पर्दामा ल्याउन गाह्रो भयो। त्यसका लागि त्यस्तै किसिमको पात्र खोजेर दिनचर्या नियालेर भूमिका निर्वाह गरे”, अभिनेता मल्लले भने। चलचित्रमा नाजिर हुसेन, प्रमोद अग्रहरि, रवीन्द्र झा, मलिका महतलगायत कलाकारले अभिनय गरेका छन्।

Logo