पुजा पन्त ‘कोयल’ले दुबईमा जितिन् बेस्ट नेपाली लाइभ म्युजिक इन्फ्लुएन्सरको शीर्ष उपाधि

पुजा पन्त ‘कोयल’ले दुबईमा जितिन् बेस्ट नेपाली लाइभ म्युजिक इन्फ्लुएन्सरको शीर्ष उपाधि

केन्द्रबिन्दु
909
Shares

दुबईमा सम्पन्न आरआईए अर्थात् रिजनल इन्फ्लुएन्सर अवार्डमा बेस्ट नेपाली लाइभ म्युजिक इन्फ्लुएन्सरको शीर्ष उपाधि दार्चुलाकी पुजा पन्त ‘कोयल’ले जितेकी छन् ।

दक्षिण भारतका शिर्ष कलाकारहरुको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा २३ वर्षिया पन्तले ‘मल्टिटास्कर इन्फ्लुएन्सर’को सवटाइटल समेत हात परेकी छन् । कार्यक्रममा लोकप्रिय बलिउड तथा दक्षिण भारतीय नायिका श्रीया सरनले उनलाई अवार्ड प्रदान गरेकी थिइन् ।

दिग्गज अन्तर्राष्ट्रिय कलाकारहरुको अगाडि आफू र आफ्नो मुलुकलाई चिनाउँदा अत्यन्त खुसी लागेको र अब यस क्षेत्रमा मिहिनेत गरिरहने पन्तले बताइन् । केही समयदेखि दुबईमा लाइभ म्युजिक प्रस्तुत गर्दै आएकी पन्त नेपालमा रहँदा सञ्चार क्षेत्रमा संलग्न थिइन् । उनी केन्द्रबिन्दुकी पूर्व सञ्चारकर्मी पनि हुन् ।

Skip This
Skip This
Logo