चलचित्र ‘पुजार सार्की’ले उठान गरेको विषयमा पोखरामा गरियाे संवाद

चलचित्र ‘पुजार सार्की’ले उठान गरेको विषयमा पोखरामा गरियाे संवाद

केन्द्रबिन्दु
56
Shares

काठमाडौं। पोखरामा नेपाली चलचित्र ‘पुजार सार्की’मा उठान गरिएका विषयवस्तु माथि संवाद गरिएको छ । मिजार समाज नेपाल, गण्डकी प्रदेश समितिको आयोजनामा सोमबार भएको सो संवाद कार्यक्रममा सो चलचित्रका तर्फबाट कलाकारहरू आर्यन सिग्देल, प्रदीप खड्का, निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी, निर्माता सुभाष भुसाल लगायतको उपस्थिति थियो ।

अन्तर्राष्ट्रिय जाति तथा रङ्गभेद उन्मुलन दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा संविधान सभा सदस्य समेत रहिसकेका दिल बहादुर नेपाली, मिजार समाज पोखराका अध्यक्ष उमेश सिके लगायत उपस्थित थिए । संवादमा ‘पुजार सार्की’ले उठान गरेको अन्तरजातीय विवाह सम्बन्धी मर्मस्पर्शी सामाजिक कथालाई प्रमुख विषय बनाइएको थियो ।

संवादमा सहभागी अभिनेता आर्यन सिग्देलले जातिय विभेद गर्नु अन्ध विश्वास मात्र भएको बताए । अभिनेता प्रदीप खड्काले आफू काठमाडौंमा जन्मे हुर्केका कारण यस प्रकारका कथाहरू सुनेको भएता पनि पहिलो पटक भोगेको बताए । उनले आफूले अभिनय गरिरहँदा ‘मैत बहादुर’ पात्रभित्र नै प्रवेश गरेको हुँदा आफ्नै कथा जसरी नै अभिनय गरेको बताए । खड्काले जातका आधारमा हुने विभेद आजको युगमा सहनै नसकिने अपराध भएको बताउँदै यो विभेद हटाउन सबै चेतनसिल नागरिकबिच एकता हुन आबश्यक रहेको बताए ।

लेखक बिकास सुवेदीले आफ्नो आँखाले देखेको कथालाई चलचित्रको कथामा रुपमा रुपान्तर गरेको बताए । सो कार्यक्रममा चलचित्र यूनिटलाई सम्मान पनि प्रदान गरिएको थियो ।

‘पुजार सार्की’ छायाङ्कनको अन्तिम चरणमा रहेको छ । यसको छायाङ्कन कास्की जिल्लाको पोखरा नजिकै पर्ने कास्कीकोट र आसपासमा छायाङ्कन चलिरहेको छ । यस चलचित्रमा अभिनेत्री द्वय अन्जना बराइली र परीक्षा लिम्बुले पनि प्रमुख भूमिकामा अभिनय गरेका छन् ।

Logo