प्रदर्शनमा आयो फिल्म ‘महाजात्रा’

प्रदर्शनमा आयो फिल्म ‘महाजात्रा’

केन्द्रबिन्दु
70
Shares

काठमाडाैँ। आज शुक्रबारबाट नेपाली सिनेमाहलमा ‘महाजात्रा’ रिलिज भएकाे छ। प्रदीप भट्टराई निर्देशित नेपाली फिल्म ‘महाजात्रा’ आजदेखि रिलिज भएकाे हाे।

सिंगल थिएटरबाट ‘महाजात्रा’ ले शुक्रबार देशैभर ३४२ शो पाएको छ। रिलिज अघावैको हाइपले कतिपय हलका टिकटहरु सोल्डआउड समेत भइसकेका छन्।

नेपालसहित यो फिल्म आजैबाट विश्वव्यापी रिलिज भएको छ। विश्वका ४० देशका २५० शहरमा रिलिज भएको निर्माण टिमले जनाएको छ। मार्च २८ बाट साउदी अरेबियामा पहिलोपटक नेपाली फिल्मको रुपमा ‘महाजात्रा’ प्रदर्शन हुँदैछ।

प्रदीपकै लेखन रहेको यस फिल्ममा विपिन कार्की, वर्षा राउत, रविन्द्र झा, हरिवंश आचार्य, दिव्य देव, शिशिर बाङ्देल, रविन्द्र सिंह बानियाँ लगायतको अभिनय रहेको छ। बानियाँ कार्यकारी निर्माता रहेको फिल्मको निर्माता म्याक्स दिपेश खत्री र यज्ञश्वर पौडेल हुन्।

Logo