काठमाडौं। ग्लोबल ग्ल्यामर भेन्चर्सकी निर्देशक संगीता पुरीले युनिभर्सल वुमन २०२४ प्रतियोगितामा निर्णायकको रुपमा नेपालको प्रतिनिधित्व गरेकी छिन्। युनिभर्सल वुमनका जजहरुमध्ये सबैभन्दा कम उमेरकी जजका रूपमा उनले प्रतिनिधित्व गरेकी हुन्।
युनिभर्सल वुमन एक प्रतिष्ठित ग्लोबल प्रतियोगिता हो। जसले विविधता र सशक्तिकरणका साथ विश्व भरका महिलाहरूको प्रतिभा र उपलब्धिहरु प्रदर्शन गर्दछ।
कम्बोडियाको नोम पेनमा २ दिन सम्म सन्चालन भएको युनिभर्सल वुमन २०२४ मा ५० वटा देशका प्रतिस्पर्धिहरु क्राउनको लागि प्रतिस्पर्धा गरेका थिए। निर्णायकको लागि भएको संगीता पुरीको सेलेक्सनले अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा भाग लिने नेपालको प्रतिबद्धतालाई पूरा गरेको छ।
युनिभर्सल वुमनकी निर्णायक तथा ग्लोबल ग्ल्यामर भेन्चर्स प्रालिकी डिरेक्टर संगीता पुरीले भनिन्,‘युनिभर्सल वुमन २०२४ मा नेपालको प्रतिनिधित्व गर्न पाउँदा अत्यन्तै गौरवानवित महसुस गरेकी छु। यस्तो प्रतिष्ठित कार्यक्रममा योगदान गर्न पाउनु र विश्वभरका महिलाहरुले देखाएको अतुलनीय प्रतिभाको साक्षी बन्न पाउनु एउटा सौभाग्यको कुरा हो। मैले यो कार्यक्रमबाट धेरै कुरा सिकेकी छु र मिस युनिभर्स नेपाल २०२४ मा मैले सिकेका सबैकुरा लागु गर्न उत्साहित छु।’ ग्लोबल ग्ल्यामर भेन्चर मिस नेपाल युनिभर्स २०२४ को आयोजक हो।





























प्रतिक्रिया