‘गाउँ आएको बाटो’ बेइजिङ फिल्म फेस्टिभलमा

‘गाउँ आएको बाटो’ बेइजिङ फिल्म फेस्टिभलमा

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । निर्देशक नवीन सुब्बाले निर्देशन गरेको फिल्म ‘गाउँ आएको बाटो’ चीनको १२ औं ‘बेइजिङ इन्टरनेशनल फिल्म फेस्टिभल’ मा छानिएको छ।

यो ‘गाउँ आएको बाटो’ केही समयअघि ‘टोरोन्टो इन्टरनेश्नल फिल्म फेस्टिभल’ बाट विश्व प्रिमियर गरिएको थियो। फिल्म स्वीडेनमा भएको ४७औा ‘गोटेबर्ग अन्तर्राष्ट्रिय फिल्म महोत्सव–२०२४’ पनि छनोट भएको थियो। फिल्मको ‘वुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ मा र मुम्बईको मामीमा साउथ एशियन प्रिमियर भइसकेको छ।

फिल्मले राई जातिको सामाजिक पृष्ठभूमिमा गाउँमा सडक पुगेपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावलाई देखाएको छ। सामुदायिक लगानीको अवधारणामा निर्माण भएको फिल्ममा देशभित्र र विश्वका विभिन्न देशहरूमा छरिएर रहेका नेपालीहरूको सामुहिक लगानी छ।

छोमोलोङमा प्रोडक्सन र गाउँघर फिल्म प्रोडक्सनको सहयोगमा मेन्छ्याम पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्म आगामी जेठ १८ गते नेपालमा रिलिज हुँदैछ। फिल्ममा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा र प्रेम सुब्बालगायतका कलाकारको अभिनय छ।

नेपालमा बाँसुरी फिल्म्सले रिलिजको संयोजन गरेको छ।

Logo