भजन गीत ‘प्रशंसा’ सार्वजनिक

भजन गीत ‘प्रशंसा’ सार्वजनिक

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । गायिका ममताको स्वरमा भजन गीत ‘प्रशंसा’ सार्वजनिक गरिएको छ। राजु सुन्दासले निर्माण गरेको यस गीत भजनसंग्रह १०३ : १ देखि ५ बाट लेखिएको हो।

यो पद होसन्ना मण्डलीको वार्षिक पद पनि हो। गीतमा शब्द र संगीत लिदिया लामाको छ। लिदिया लेभेन्डर प्राइमरी स्कुलका प्रिन्सिपलसमेत हुन्। गीतमा कोरस स्वर बिमला, पवित्रा र शारदाको छ।

गीतको भिडिओमा देवीसरा बादी फिचर्ड छिन्। देवीसरा बादी समुदायलाई प्रतिनिधित्व गर्दै विश्वसामु नेपाललाई चिनाइरहेकी छिन्।

उनी बादी समुदायको शिक्षाका लागि २ दशकदेखि लागिरहेकी महिला हुन्। उनी हाम्रो घर नेपालकी अध्यक्षसमेत हुन्।

उनीसँगै भिडिओमा एचसीएम ब्याण्डलाई देख्न सकिन्छ। दिनेश पराजुली र विशाल थापाले खिचेको भिडिओको निर्देशन गणेश शाहले गरेका हुन्।

गीतको भिडिओ एक कार्यक्रमबीच सार्वजनिक गरियो। बुधबार होसन्ना मण्डलीमा आयोजित कार्यक्रममा अग्रज गायिका शलोमी तिमोथीको प्रमुख आतिथ्यमा यो गीत सार्वजनिक भएको हो।

उनीसँगै गीतकार तथा चलचित्र निर्माता सुवास भुसाल, भिडिओ सम्पादक टेकेन्द्र शाह लगायत कार्यक्रममा उपस्थित थिए।

Skip This
Skip This
Logo