डीपफेक भिडियोविरुद्ध अभिनेता आमिर खानले दिए उजुरी

डीपफेक भिडियोविरुद्ध अभिनेता आमिर खानले दिए उजुरी

केन्द्रबिन्दु
9
Shares

काठमाडौं। बलिउड अभिनेता आमिर खानले कुनै पनि राजनीतिक दलको समर्थनमा आफू नरहेको स्पष्ट पारेका छन्। भारतमा नजिकिँदै गरेको निर्वाचनमा आमिर यतिबेला एक राजनीतिक दललाई समर्थन गरेको डीपफेक भिडियोको सिकार बनेका छन्।

हालै एक राजनीतिक पार्टीले चुनावी प्रचारका लागि अभिनेताको एक भिडियो बनाएको छ। यो भिडियो सार्वजनिक भएपछि अधिकांशले आमिरले उक्त पार्टीलाई समर्थन गरेको चर्चा चुलिएको छ।

आमिरले यो मामलामा प्रहरीमा उजुरी दिँदै एक विज्ञप्ती जारी गरेका छन्। उनले विज्ञप्तीमा कुनै पनि राजनीतिक दलप्रति आफ्नो लेनदेन नरहेको उल्लेख गरेका छन्।

मंगलबार आमिरका आधिकारिक प्रवक्ताले एक विज्ञप्ती जारी गर्दै उक्त विशेष क्लिप ‘झुठो’ रहेको बताएका छन्। उनले अभिनेता आमिरले यो विषयमा मुम्बई प्रहरीमा एफआईआर पनि दर्ता गराएको उल्लेख गरेका छन्।

‘हामी स्पष्ट पार्न चाहन्छौं कि आमिर खानले आफ्नो ३५ वर्षे करियरमा कहिल्यै पनि कुनै राजनीतिक दलको समर्थन गरेनन्। उनले पछिल्ला कैयौं चुनावमा चुनाव आयोगको जन जागरुकता अभियानको माध्यमबाट जागरुकता बढाउने प्रयास गरेका छन्। हामी हालै भाइरल भिडियोबाट चिन्तित छौं। भिडियोमा आमिर खान एक विशेष राजनीतिक दललाई बढावा दिइरहेको आरोप छ। हामी यो स्पष्ट पार्न चाहन्छौं कि त्यो फर्जी भिडियो हो र पूर्ण रुपमा झुठो हो’, विज्ञप्तीमा उल्लेख छ।

कामको कुरा गर्दा आमिर चाँडै ‘सितारे जमीन पर’मा देखिँदैछन्। यसबाहेक उनी ‘लाहोर १९४७’ निर्माण गर्दैछन्। उनको पछिल्लो रिलिज फिल्म ‘लाल सिंह चढ्ढा’ हो।

Skip This
Skip This
Logo