‘ज्वाइँ साब’को छायांकन वैशाख अन्तिम सातादेखि

‘ज्वाइँ साब’को छायांकन वैशाख अन्तिम सातादेखि

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । रेडआइ फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्य रहेको फिल्म ‘ज्वाइँ साब’को वर्कशप काठमाडौंमा धमाधम चलिरहेको छ ।

निर्देशक वसन्त निरौलाका अनुसार फिल्ममा अनुबन्धित भएका कलाकारले फिल्म छायांकनमा जानु अघिको पूर्वतयारीका लागि वर्कसप चलाइएको हो । राजकुमार पण्डितको प्रस्तुतिमा तयार हुन लागेको फिल्मको छायांकन वैशाखको अन्तिम साताबाट सुरु हुनेछ । फिल्म काठमाडौं बाहिरका लोकेसनमा खिचिनेछ ।

वर्कशपमा मुख्य कलाकार जितु नेपाल, नीति शाह, विल्सनविक्रम राई, हिमेश पन्त लगायत छन् । मिना देवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी रहेको फिल्मका कार्यकारी निर्माता विजय बस्याल हुन् ।

सविन अधिकारीको कथा रहेको फिल्ममा शंकर धितालको पटकथा तथा संवाद छ । फिल्मको शीर्ष भूमिकामा जितु नेपाल छन् । फिल्म यसै वर्षको तिहारमा रिलिज हुनेछ ।

Logo