‘मिस यूनिभर्स नेपाल २०२४’ को लागि आवेदन खुला

‘मिस यूनिभर्स नेपाल २०२४’ को लागि आवेदन खुला

केन्द्रबिन्दु
56
Shares

वैशाख । ‘मिस यूनिभर्स नेपाल २०२४’को लागि आवेदन खुलेको छ।

सोमबार काठमाडौँको सोल्टी क्राउन प्लाजामा आयोजित पत्रकार सम्मेलनमा ‘मिस यूनिभर्स नेपाल २०२४’को लागि आवेदन खुलेको आयोजक ग्लोबल ग्ल्यामर भेन्चरले जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा बोल्दै मिस युनिभर्स नेपालको नेसनल डिरेक्टर सङ्गिता पुरीले भने, ‘मिस युनिभर्स नेपाल २०२४ को आवेदन खुला भएको घोषणा गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौँ। हामी सबै आ–आफ्नैँ तरिकाले पर्फेक्ट छौँ र यस वर्ष हामी सबै क्षेत्रका महिलालाई समावेश गर्दै मिस युनिभर्स नेपाललाई थप समावेशी बनाउन प्रतिबद्ध छौँ। म सम्पूर्ण नेपाली तथा गैरआवासीय नेपाली महिलालाई यो अवसरको सदुपयोग गर्दै विश्व बजारमा नेपाली नारीको असीम क्षमता देखाउन अनुरोध गर्न चाहन्छु।’

प्रतियोगिताको आवेदन जेठ १ गतेदेखि असार १ गते सम्म खुल्ला रहने आयोजकले जनाएको छ।

इच्छुक महिलाले खल्ती एप अथवा मिस यूनिभर्सको आधिकारिक सामाजिक सञ्जालमा राखिएको वेबसाइटमार्फत अनलाईन फाराम भरेर आवेदन पेश गर्न सक्छन्। आवेदन खुला हुने अवधिभर सातै प्रदेशमा विभिन्न कार्यक्रमपनि सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ।

उच्च माध्यमिक शिक्षा पूरा गरेका १८ वर्षभन्दा माथिका महिलाहरूले प्रतियोगितामा आवेदन दिन पाउनेछन्। उचाइ, तौल र वैवाहिक स्थिति जस्ता अन्य कुनै कुराको प्रतिबन्ध नभएको मिस यूनिभर्समा नेपालीको साथै गैरआवासीय नेपाली महिलाले पनि सहभागिता जनाउन पाउने आयोजकले बताएको छ।

सहभागीले अन्तिम प्रतियोगिता अघि विभिन्न प्रशिक्षणहरू प्राप्त गर्ने छन्। सर्वप्रथम असार १८ गते प्रतिस्पर्धाको उत्कृष्ट ६० प्रतिस्पर्धीहरू छानिनेछ र असार २७ गते मिनी गाला कार्यक्रमको आयोजना गरेर उत्कृष्ट ३० प्रतिस्पर्धीहरू छानिनेछ। त्यसैगरी साउन १६ गते शीर्ष २२ छानिनेछ भने उनीहरूको लागि भदौ ९ गते बन्द प्रशिक्षण शिविर सञ्चालन गरिनेछ। प्रतियोगिताको फाइनल भने भदौ १५ गते हुनेछ।

Logo