‘नेपहपको श्रीपेच २’ विजेतालाई १० लाख, बाहिरिए बालेन

‘नेपहपको श्रीपेच २’ विजेतालाई १० लाख, बाहिरिए बालेन

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । र्याप रियालिटी शो ‘नेपहपको श्रीपेच’को दोस्रो संस्करण ‘नेपहपको श्रीपेच २’को घोषणा गरिएको छ । काठमाडौंमा शुक्रबार एक कार्यक्रमबीच शोको घोषणा गरिएसँगै डिजिटल अडिसनसमेत खोलिएको छ ।

डिजिटल तथा फिजिकल दुवै माध्यमबाट अडिसन लिइने शोमा सहभागी हुन दामी म्युजिक एप र डब्लुडब्लुडब्लु डट नेपाली र्यापडटकममार्फत प्रतियोगीले आफ्नो प्रस्तुतिको भिडियो अपलोड गर्न सक्नेछन् । प्रतियोगीले नेपहपको श्रीपेचको अफिसियल फेसबुक पेज, अफिसियल ह्वाट्सएप र इमेलमा आफ्नो प्रस्तुतिको भिडियो पठाउन सक्नेछन् ।

प्राप्त अडिसनमध्ये जज राउन्डबाट उत्कृष्ट प्रतियोगी चयन गरिनेछ । डिजिटल अडिसनका लागि बिट श्रीपेच स्टुडियो युट्युब च्यानलबाट डाउनलोड र कपिराइट फ्री बिटमा पनि भिडियो बनाएर पठाउन सकिनेछ ।

शोको शीर्ष विजेताले १० लाख नगद, विश्व भ्रमणको अवसर एवम् विभिन्न ब्रान्ड इन्ड्रोसमेन्टहरू प्राप्त गर्नेछन् । उपविजेताले ५ लाख रुपैंयाँ विदेशमा प्रस्तुतिको अवसर प्राप्त गर्नेछन् ।

शोको पहिलो सिजनमा भाइबर सामइन विजेता भएका थिए । दामी मिडियाको प्रस्तुति रहेको शोको कन्सेप्ट तथा डिजाइन सुदिप पोखरेलले गरेका हुन् । शो निर्देशकमा निकेश खड्का रहनेछन् । अघिल्लो संस्करणमा मानस घले, गिरिश खतिवडा र बालेन शाह निर्णायक रहेकोमा यस सिजनमा भने मानस घले, गिरिश खतिवडाको साथमा महेश तामाङ ‘दोङ’ रहनेछन् ।

निर्माता सुदीपका अनुसार शोको प्रसारण कान्तिपुर टेलिभिजन तथा डिजिटल पार्टनर ओएसआर डिजिटलबाट असार अन्तिम साता प्रसारण हुनेछ ।

Skip This
Logo