आगामी जुलाईमा बेलायतमा नेपाली फिल्म फेस्टिभलः यी चलचित्र देखाईंदै छ

आगामी जुलाईमा बेलायतमा नेपाली फिल्म फेस्टिभलः यी चलचित्र देखाईंदै छ

केन्द्रबिन्दु
42
Shares

आगामी जुलाईमा बेलायतमा नेपाली फिल्म फेस्टिभल हुने भएको छ । एक साता चल्ने फेस्टिभलमा ५ नेपाली र १५ अन्तर्राष्ट्रिय फिल्म प्रदर्शन हुनेछन् ।

सांस्कृतिक आदानप्रदानका साथै ब्रिटिस नेपाली समुदायलाई अवसरहरुको सिर्जना गर्ने उद्देश्यका साथ नेपाली फिल्म फेस्टिभल हुन लागेको हो । फेस्टिभलको उद्घाटन जुलाई ७ मा ट्राम्सेडमा हुनेछ । पहिलो दिन दुई फिल्म प्रदर्शन गरिनेछ भने जुलाई १४ मा यही थप दुई फिल्म देखाइनेछन् । छनोटमा परेका नेपाली फिल्ममा ‘प्रसाद २’, ‘टुल्की’, ‘हल्कारा’लगायत छन् ।

महोत्सवको समापन जुलाई २० का दिन रुइसिल्पको ग्रिनफोर्ड हलमा गर्ने कार्यक्रम छ ।

नेपालबाट चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीसहित १६ जना कलाकार महोत्सवमा भाग लिन बेलायत जाने तय भएका छन् । जसमा शम्भुजित बास्कोटा, दिलीप रायमाझी, प्रदीप खड्का, पूजा शर्मा, बेनिशा हमाल, अनिता चलाउने, कविता नेपाली, लगायत सहभागी हुनेछन् ।

Logo