‘न मैले लेखें, न उनले लेखिन’ म्युजिक भिडियो सार्वजनिक

‘न मैले लेखें, न उनले लेखिन’ म्युजिक भिडियो सार्वजनिक

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । मानस केसीको शब्द र हिमाल सागरको आवाजमा रहेको गीत ‘न मैंले लेखें, न उनले लेखिन..’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

शनिरबार एक कार्यक्रमकाबीच निकेश खड्काले निर्देशन गरेका गीतको भिडियो सार्वजनिक गरिएको हो । भिडियोमा गायक हिमाल सागरलाई नायिका केकी अधिकारीले साथ दिएकी छिन् । भिडियोको छायांकन ज्ञानेन्द्र शर्माले गरेका हुन् भने भिडियोको सम्पादन साहिल खानले गरेका छन् ।

भिडियो सार्वजनिक पछि सञ्चाकर्मीहरुसँग कुराकानी गर्दै नायिका अधिकारीले असार १५ अर्थात् दही चिउरा खाने दिनमा म्युजिक भिडियो सार्वजनिक गर्न पाउँदा खुसी लागेको भन्दै दही चिउराले शुभ संकेत लिएर आउनेमा विश्वास व्यक्त गरिन् ।

उनले भनिन्,‘आज यस्तो संयोग जुर्यो कि आज नै दही चिउरा खाने विषेश दिन छ । धान दिवसको उत्तिकै महत्वपूर्ण छ । हाम्रो देशका लागि सबै कुरा मिल्न गए सायद शुभ संकेत लिएर आउने छ ।’

उनले अब केकी अधिकारी फिल्मसमा नयाँ प्रतिभालाई प्राथमिकतामा राखेर चलचित्र निर्माण गर्ने बताइन् ।

Skip This
Skip This
Logo