गायिका सिमा नेपालीको एकल आवाज रहेको तीज गीत “मै छोरीलाई गाह्रो भो” यतिबेला चर्चामा छ । पछिल्लोसमय केही गीतले विकृति मच्चाएको भन्दै आलोचना भइरहँदा सुवास रेग्मीले निमार्ण गरेकाे यो गीतकाे भिडियाेले भने तारिफ बटुलिरहेको छ ।
बिहेपछि पराई घर गएकी छोरीको मर्म र भावनालाई कलात्मक रूपमा समेटिएको यस गीतको शब्द अर्जुन सुवेदीले लेखेका हुन् भने संगीतमा आफूलाई अब्बल साबित गरिसकेका स्तरीय संगीतकार खेम पुनको लय सिर्जनाले गीतमा सुनमा सुगन्ध थपिदिएको छ ।
स्मृति तिमल्सिना (गुरुआमा)ले निर्देशन गरेको गीतको भिडियोमा करिब ४० जना कलाकारको नृत्य देख्न सकिन्छ । जुन नेपाली गीत संगीतको ईतिहासमा यति धेरै कलाकारले नृत्य गरेको पहिलो म्युजिक भिडियो हो । निहारीका थापाको अभिनयले शब्द,संगीत र भिडियो तीनै विधालाई न्याय गरेको छ । यो भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् ।
उच्छृङ्खलभन्दा मौलिक, सरल तथा चेलीहरुको वास्तविक कथावस्तुलाई आधार बनाएर गीत निकाले पनि गीतले चर्चा कमाउँछ भन्ने गतिलो उदाहरण यो गीत बन्न सक्ने देखिन्छ । याे गीतकाे भिडियाे विन्ध्यवासिनी म्युजिक प्रालिको आधिकारिक युटुब च्यानलमार्फत सार्वजनिक गरिएकाे छ ।
हेर्नुहाेस्,भिडियाे-





























प्रतिक्रिया