यो दुनियाँ भन्दै आए पूजा र सन्दीप

यो दुनियाँ भन्दै आए पूजा र सन्दीप

केन्द्रबिन्दु
21
Shares

काठमाडौँ । गायक निशान भट्टराईको स्वर रहेको यो दुनियाँ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । जसमा संगीतकार अर्जुन पोखरेलको संगीत, डा कमल थापाको शब्द रहेको छ ।

गीतमा अविनास पासवानको एरेन्ज, नरेश बीसीको मिक्सिङ मास्टरिङ रहेको छ । सार्वजनिक गीतमा अहिलेकी चर्चित नायिका पूजा शर्माको अभिनय छ । जसमा पूजासँग मोडल सन्दीप रानाभाट रोमान्टिक अवतारमा देखा परेका छन् ।

प्रेम रोमान्सले भरिएको सार्वजनिक गीतको निर्देशन माइकल चन्दले गरेका हुन् । नेपालका विभिन्न रमणीय स्थानहरूमा छायांकन गरिएको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् भने शिलन लम्सालले सम्पादन गरेका हुन् । माधव शर्माले सहायक निर्देशन गरेको भिडियो द डिभाइन म्युजिक युट्युब च्यानलबाट रिलिज गरिएको हो ।

Logo