काठमाडौँ । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर गायक तथा संगीतकार डा.अजित घिमिरेको स्वर तथा संगीतमा सजिएको ‘पिर हरिदेऊ’ शीर्षकको भजन यूट्युबमार्फत सार्वजनिक भएको छ । यो भजनको संगीत संयोजन वरिष्ठ संगीतकार शिलाबहादुर मोक्तानले गरेका छन् ।
अमेरिकामा वातावरण विज्ञानमा पीएचडी गरेका संगीतकर्मी घिमिरेका ‘कालीको ठुम्का’, ‘बाँध मायाले’, ‘धिन्तनाक्धीन’, ‘लभ मास्टर’, ‘जब साथ तिम्रो न्यानो’ जस्ता गीतहरूले यसअघि नै दर्शक तथा स्रोताको मन जितिसकेका छन् ।
पिर हरिदेऊ’ भजन काठमाडौँस्थित नागार्जुन नगरपालिकाको आदेश्वर शिव मन्दिरमा छायांकन गरिएको हो । भजनको भिडियोमा छायांकन, सम्पादन तथा निर्देशन सुवर्णकुमार श्रेष्ठ तथा रञ्जन कार्कीले संयुक्त रूपमा गरेका छन् ।
भजनको रेकर्डिङमा अमेरिका निवासी किशोर सिवाकोटीले सहयोग गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका छन् ।





























प्रतिक्रिया